नेपाल र जापानबीचको मित्रता बहुआयामिकसँगै ऐतिहासिक : राष्ट्रपति पौडेल
काठमाडौं । जापान भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबीचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक भएको विश्वास व्यक्त गर्नुभएको छ ।
जापानको टोकियोमा रहेको नेपाली राजदूतावासको अवलोकनका क्रममा राष्ट्रपति पौडेलले राजनीतिक, आर्थिक, विकास साझेदारी, शिक्षा, प्रविधि तथा मानव संशाधन विकासका क्षेत्रमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले विदेशमा रहेका नेपाली नियोगहरु नेपाल सरकारका विस्तारित अङ्गहरु भएकाले यसको सेवा प्रवाहमा सरलता, पारदर्शिता र समयबद्ध हुनुपर्ने बचाउनुभयो ।
नेपालमा वैदेशिक लगानी आकर्षित गर्न राजदूतावासको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै उहाँले पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि तथा पूर्वाधार विकासका सम्भावनाहरू जापानी लगानीकर्तामाझ प्रभावकारी रूपमा राख्न सुझाब दिनुभयो । जमपानमा रहेका नेपाली श्रमिक तथा विद्यार्थीहरूको अधिकार, सुरक्षा र मर्यादाको संरक्षण दूतावासको प्राथमिक दायित्व बन्नुपर्ने राष्ट्रपति पौडेलले बताउनुभएको छ ।
















तपाईको प्रतिक्रिया