एनआरएनए अष्ट्रेलिया : नेपाली समूदायको हकहित पहिलो प्राथमिकता
काठमाडौं । एनआरएनए अष्ट्रेलियाले नेपाली समूदायको हकअधिकार र आवश्यक सेवा सुविधालाई प्रभावकारी बनाउने पहल थालेको छ ।
एनआरएनए अष्ट्रेलियाले फेब्रुअरी ३ मा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव लगायतका सरकारी अधिकारीसहितको उच्चस्तरीय परामर्श बैठक आयोजना गरेर
नेपाली समूदायको सेवासुविधा र हितमा आवश्यक समन्वयनको पहल थालेको होे । एनआरएनएका नियमित गतिविधि, राजदूतावास, कन्सुलर सेवा लगायतका सरकारी निकायका कामकारबाही नेपाली समूदायको हकहित केन्द्रित बनाइने प्रतिबद्धता परामर्श बैठकमा गरिएको छ । एनआरएनए अष्ट्रेलियाले पासपोर्ट घुम्ति शिविरको प्रशंशा गर्दै यस्ता सेवा हरेक नेपाली समूदायले सहज रुपमा पाउनुपर्नेमा जोड दिएको छ ।
मानवतावादी सहयोगमा जोड दिएको एनआरएनए अष्ट्रेलियाले मृतक समुदायका सदस्यहरूको शव स्वदेश फिर्तामा सहजिकरण, विद्यार्थी लगायतका नेपाली समूदायको हकहितलाई केन्द्रमा राख्न, नेपाल–अष्ट्रेलिया सम्बन्धलाई गहिरो बनाउने कूटनीतिक प्रयासहरू जारी राख्न, देशभरि नेपाली डायस्पोरासँग निरन्तर अन्तरक्रिया लगायतका सामाजिक गतिबिधिको निरन्तरतामा जोड दिएको छ ।
एनआरएनए अष्ट्रेलियाले आफ्नो सञ्जाल, र स्रोतहरूलाई नेपालको राष्ट्रिय प्राथमिकताहरूसँग मेल खाने गरी योगदान गर्ने समेत जनाएको छ ।
















तपाईको प्रतिक्रिया