Wednesday, 4 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleविश्व क्यान्सर दिवस : यसरी रोक्न सकिन्छ ४० प्रतिशत क्यान्सको जोखिम

विश्व क्यान्सर दिवस : यसरी रोक्न सकिन्छ ४० प्रतिशत क्यान्सको जोखिम


काठमाडौं । आज विश्व क्यान्सर दिवस, यो रोगप्रति चेतना अभिवृद्धि र रोकथाम बारे सचेतनामुलक कार्यक्रम गरेर मनाइएको छ ।

क्यान्सर रोगको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रम गरेर मनाउदै आइएको छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलनबाट यो दिवसको विश्वव्यापि सुरुवात गरिएको थियो । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ) का अनुसार एक वर्षमा विश्वमा दुई करोड बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण ज्यान जानेगरेको छ । विश्वमा सबैभन्दा बढी मृत्यु गराउने रोग मध्ये क्यान्सर प्रमुख हो जसबाट प्रत्येक ६ जनामा एक जनाको मृत्यु हुनेगरेको छ ।

४० प्रतिशत क्यान्सरको रोकथाम सम्भव
धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली क्यान्सर रोगका प्रमुख कारण हुन् । विश्व स्वास्थ्य संगठन मातहतकै अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सीको अध्ययनले विश्वभर देखिने क्यान्सरका कुल घटनामध्ये करिब ४० प्रतिशतलाई जीवनशैली र वातावरणीय सुधारमार्फत पूर्ण रूपमा रोक्न सकिने औल्याएको छ । यसका लागि सुर्तीजन्य पदार्थ र मदिरा सेवनको लत हटाउनुपर्ने हुन्छ । शारीरिक अवस्था जस्तै अत्यधिक तौलको नियन्त्रण, वायु प्रदूषण र सूर्यको हानिकारक पराबैंगनी किरणको जोखिमबाट बच्दा धेरै क्यान्सरको जोखिम रोक्न सकिने देखिन्छ।

नेपालमा समेत ठूलो स्वास्थ्य समस्या
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मानिसको मृत्यु क्यान्सरबाट हुनेगरेको सरकारी तथ्यांक छ । प्रत्येक वर्ष करिब २० हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांकले नै देखाउँछ, पछिल्लो समयो यो संख्या बढ्दो क्रममा रहेको छ । नेपालमा सबैभन्दा बढी देखिएको क्यान्सरमा फोक्सो, पाठेघरको मुख, स्तन, आमाशय (पेट) र आन्द्राको क्यान्सर देखिने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ