Wednesday, 4 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमाइतीघर–तीनकुने सडकखण्डमा व्यवस्थित साइकल लेन बनाउदै काठमाडौं महानगर

माइतीघर–तीनकुने सडकखण्डमा व्यवस्थित साइकल लेन बनाउदै काठमाडौं महानगर


काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र फुटपाथ विस्तारको सुरुवात गरेको छ ।

यस अघि सडकमै हरियो रेखा कोरी छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भन्दै महानगरले छुट्टै सुरक्षित साइकल लेन निर्माण गरेको हो । माइतीघरदेखि तीनकुने पुलसम्मको साढे दुई किलोमिटर सडक खण्डमा सुरक्षित साइकल लेन र व्यवस्थित पैदलमार्ग निर्माणको काम अहिले धमाधम भइरहेको छ ।

महानगरले व्यवस्थित साइकल लेन र फुटपाथ विस्तारको योजनालाई अन्यत्र पनि विस्तार गरिने जानकारी दिएको छ । सडक पूर्वाधार सुधार, शहरको सुन्दरता र व्यवस्थापन, नगरवासीको स्वास्थ्य सुविधा, शिक्षाको सुधारमा महानगरले विशेष ध्यान दिने जनाएको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ