प्रधानमन्त्री कार्कीसँग एमाले अध्यक्ष ओलीको भेटवार्ता
के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले बिहीबार बिहान प्रधानमन्त्री कार्कीसँग २ घण्टा समसामयिक राजनीति र निर्वाचनबारे छलफल गरेको बताइएको छ । छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नेबारे छलफल भएको बताइएको छ । निर्वाचन विभिन्न चरणमा नभई एकै चरणमा गर्नुपर्ने सुझाब ओलीले सरकारलाई दिनुभएको छ ।
प्रधानमन्त्री कार्कीले समेत निर्वाचनलाई भयरहित वातावरणमा निष्पक्ष तरिकाले एकै चरणमा सम्पन्न गर्नेगरि तयारी गरिएको बताउँदै आउनुभएको छ । उच्च हिमाली क्षेत्रमा मौसम अति नै प्रतिकुल भएर पछि चुनाव सार्नुपर्ने बाध्यकारी अवस्था बाहेक निर्वाचन एकैपटक हुने प्रधानमन्त्री कार्कीले बताउनुभएको छ ।
















तपाईको प्रतिक्रिया