Saturday, 7 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia(क्रिकेट महाकुम्भ) टी–२० विश्वकप आजदेखि

(क्रिकेट महाकुम्भ) टी–२० विश्वकप आजदेखि

नेपालले भोली इङ्गल्याण्डसँग खेल्ने


काठमाडौं  । (क्रिकेटको महाकुम्भ) टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि सुरु हुँदैछ ।

भारत र श्रीलंकाका विभिन्न सहरमा हुने प्रतियोगितामा आज तीनवटा खेल हुँदैछन । श्रीलंकाको कोलम्बोस्थित सिँहालेस रंगशालामा हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो ११ः१५ बजे पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । दोस्रो खेल दिउँसो ३ः१५ दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अर्को एसोसिएट राष्ट्र स्कटल्यान्डसँग खेल्दैछ ।यी दुई टिमबीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा हुनेछ । आजकै तेस्रो खेलमा भारतले अमेरिकाविरुद्ध खेल्नेछ । सुरुआतअघि नै बंगलादेशबाट ‘बहिष्कार’ भएको यो प्रतियोगितामा पाकिस्तानले भारतसँग नखेल्ने अडानका कारण केही खल्लो बनेको छ ।

नेपालले भोली इङ्गल्याण्डसँग खेल्ने

नेपालको भिडन्त भने आइतबार हुनेछ । नेपालले पहिलो खेल इङ्गल्याण्डसँग खेल्ने तालिका रहेको छ । समूह चरणका नेपालका सबै खेल भारतमै हुनेछन । समूह ‘सी’ मा रहेको नेपालले समूह चरणमा इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्ने छ । हालै वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनाएको नेपाललाई यसपालि सुपर–८ पुग्ने दाबेदारका रूपमा समेत हेरिएको छ ।

भारतका पाँच सहरका पाँच रंगशाला र श्रीलंकाका दुई सहरका तीन रंगशालामा हुने प्रतियोगिता मार्च ८ सम्म आयोजना हुँदै छ । २० टिमलाई  प्रत्यक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । ३० दिने यो प्रतियोगितामा कुल ५५ खेल हुँदै छन् । प्रतियोगिताको फाइनल खेल भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने तालिका छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ