Saturday, 7 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको पर्थमा ५४ वर्षीया नेपाली आमाको निधन

अष्ट्रेलियाको पर्थमा ५४ वर्षीया नेपाली आमाको निधन

गो फण्ड मी मार्फत सहयोग जुटाइदै


काठमाडौं । अष्ट्रेलियाको पर्थमा छोरि ज्वाइँ भेट्न पुग्नुभएकी ५४ वर्षीया आमाको निधन भएको छ ।

नेपालमा इटहरी घर भएकी आमाको अनियन्त्रित गाडी पर्थस्थित घरमा छिरेर ठक्कर दिदा ज्यान गएको वेस्टर्न अष्ट्रेलिया प्रहरीले जानकारी दिएको हो । गुरुङ समाज वेस्टर्न अष्ट्रेलियाका प्रेसिडेण्ट छवी गुरुङले घटनाबारे नेपालट्युबलाई जानकारी दिदै परिवारका लागि आवश्यक सरसहयोग समाजका तर्फबाट गरिरहेको बताउनुभएको छ । शव नेपाल पठाउने वा पर्थमै दाहसंस्कार गर्ने भन्ने परिवारसँगको छलफलपछि तय हुने समाजले जनाएको छ ।गुरुङ परिवार पर्थमा हुने नेपाली सममजका विभिन्न कार्यक्रममा सक्रिय सहभागी हुने गरेको बताइएको छ ।

गो फण्ड मी मार्फत सहयोग जुटाइदै

व्यवस्थापनका लागि सहयोग जुटाउन गोफण्ड मी अभियान समेत चलाइएको छ । ५३ वर्षीया मृतक विष्णुकुमारी गुरुङको परिवारलाई यो दुखद समयमा साथ दिन चाहानुहुन्छ भने गो फण्ड मी को यो लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ ।

स्थानीय प्रहरीले चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको समेत समाजले जानकारी दिएको छ । चालकले मदिरा सेवन गरेको समेत अनुसन्धानका क्रममा खुलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ