मध्यपुर्वमा अमेरिका- इरान टकराव, विश्वभर बढ्नसक्छ महंगीको मार
काठमाडौं । मध्यपुर्वी मुलुकमा देखिएको अमेरिका- इरान टकरावले कच्चा तेलको मूल्य बृद्दी हुने देखिएको छ ।
बढ्दो द्वन्द्वका कारण विश्वबजारको २० प्रतिशत कच्चा तेल आपूर्ति हुने मध्यपुर्बको स्टेटअफ होर्मुज समुन्द्री नाका बन्द भएको छ । यो नाका बन्द हुँदा कच्चा तेलमा १० % र प्राकृतिक ग्याँसमा २५ प्रतिशत महंगी बढ्ने आकलन गरिदैछ । इरान,इराक, कुवेत,साउदी, युएई हुँदै विश्वभर तेल आपूर्ति हुने गरेको छ । दक्षिण एसिया र एसियाली मुलुकको ८४ प्रतिशत तेल र प्राकृतिक ग्याँस स्टेट अफ होर्मुजमा निर्भर छ ।
नेपाल, भारत,दक्षिण एसियाली मुलुक मात्रै नभएर यो क्षेत्रबाट तेल अष्ट्रेलियादेखि विश्वबजारसम्म पुग्छ । एक ब्यरल (१५९ लिटर ) तेलको मूल्य अहिले नै ८० अमेरिकी डलर पुग्दा थप महंगी बढेर १०० डलरसम्म पुग्ने आँकलन अर्थविदहरुले गरेका छन् । यसले संसारभर मुल्यबृद्दिको मार बढाउने देखिन्छ ।
कच्चा तेलको मूल्य बढ्दा नेपालमा पनि इन्धन महँगो हुने र अभाव झेल्नुपर्ने सम्भावना उच्च छ।
















तपाईको प्रतिक्रिया