इरान-अमेरिका टकराव : कस्तो अवस्थामा छन खाडीका नेपाली ?
काठमाडौं । इरान-अमेरिका टकरावका कारण मध्यपूर्व अर्थात खाडी मुलुकका १७ लाख बढी नेपालीको सुरक्षा चिन्ता पेचिलो बनेको छ ।
कतार, दुबई, कुवेत,साउदी अरब लगायताका खाडी मुलुकमा आफन्त रहेका परिवारसँगै नेपाली घरघरमा चिन्ता बढेको छ । इरानबाट दिनमै सयौं ड्रोन र मिसाइल प्रहार भईरहेका मुलुकमा बस्ने नेपालीको अवस्था के छ भनेर नेपालट्युबले खाडी मुलुकका केही नेपालीसँग भिडियो सम्वाद गरेको छ । नेपालट्युबसँग बोल्दै कुवेतमा रहनुभएका मोती पाठकले समुन्द्री पोर्टमा काम गरिरहेको डिफेन्स फोर्सले मिसाइल र ड्रोन हमलालाई बिफल बनाइरहेकाले ठूलो जोखिम नभएको बताउनुभयो ।
यस्तै, कतारमा काम गरिरहनुभएका राजिव थापाले नेपालट्युबसँग सरकारले प्रभावकारी अलर्ट मार्फत सचेत गराईरहेको, केही डर भएपनि बाहिर सामाजिक सञ्जालमा फैल्याइएजस्तो ठूलो जोखिम नरहेको बताउनुभयो । साउदी अरबमा रहनुभएका पुर्णबहादुर गुरुङले नियमित ड्युटी चलिरहेको बताउदै ४०/५०किलोमिटर टाढा खस्ने, ड्रोन र मिसाइलले सामान्य भय मात्रै बढाएको नेपालट्युबसँग बताउनुभएको छ । बहराइनमा रहनुभएका मधु आचार्य भने नेपालट्युबसँग आफ्नो क्षेत्रमा धेरै ड्रोन र मिसाइल हमला भएपछि साथीको घरमा सुरक्षित बसिरहेको बताउनुभयो । दुबईमा रहनुभएका मदन राईले बाहिर सामाजिक सञ्जालमा फैल्याइएजस्तो ठूलो जोखिम नरहेको सरकारले अलर्टमार्फत सुरक्षित बनाइरहेको नेपालट्युबलाई बताउनुभयो ।
सञ्जालमा फैल्याइएजस्तो ठूलो जोखिम खाडी मुलुकका नेपालीहरुले नगरेपनि केही दिन अघि दुबईमा सेक्युरिटी गार्डका रुपमा कार्यरत गोरखाका २९ वर्षीया दिवश राईको निधन भएको थियोे । सरकारले अहिले छुट्टै संयन्त्र मार्फत खाडीका नेपालीको सुरक्षा,स्वदेश फिर्ता बारे पहल गरिरहेको छ ।















तपाईको प्रतिक्रिया