Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalआज क्रिसमस डे, इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव विश्वभर मनाइदै

आज क्रिसमस डे, इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव विश्वभर मनाइदै


ब्रिजबेन,काठमाडौं । इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव अष्ट्रेलिया, अमेरिका, नेपालसहित विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँएको छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ ।

क्रिसमसका अवसरमा आज विश्वभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमसका अवशरमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने गरिन्छ । क्रिसमसको आकर्षण सान्ता क्लस हुन् । रातो टोपी लगाएका लामो सेतो दाह्री पालेका वृद्ध सान्ताले सबैलाई उपहार दिने र खुशी बाँड्ने छन् भन्ने विश्वास अनुसार नै क्रिसमसमा यस्तै गतिबिधिहरु देख्न पाइन्छन् ।

क्रिसमसका अवसरमा अष्ट्रेलियाका विभिन्न क्षेत्रहरुमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिक स्थल सजाइएका छन् । यता, काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा समेत क्रिसमसको रौनक देखिएको छ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मरियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । येशु ख्रीष्टले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । दिवसका अवसरमा कतिपय देशले सार्वजनिक बिदासमेत दिनेगरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ