Saturday, 31 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै निरासा, ओली सरकारमाथी समेत देखिएन भरोसा !

नेपालमा बढ्दै निरासा, ओली सरकारमाथी समेत देखिएन भरोसा !


काठमाडौं । पहिलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल एमाले बीच सत्ता भागबण्डाको सहमतिका आधारमा अहिले एमाले अध्यक्ष समेत रहनुभएका केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । देशका प्रमुख दुई राजनीतिक दल मिल्दा सिथिल अर्थतन्त्र गतिशिल बन्ने, देशमा विकासको लहर सुरु हुने, जनताका समस्या सम्बोधन हुने विश्वास बाढिएको थियो । तर अहिले पनि आशा, दल अनि नेताहरुप्रतिको विश्वास भन्दा नेपाली जनतामा निरासा नै बढि देखिएको छ ।

दुई दिन अघि मात्रै टुडिखेलमा गौरा पर्वको अवसरमा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध युवाहरुले गरेको गुनासोलाई अहिले नेपाली युवामा बढेको निरासाको प्रतिनिधि प्रतिक्रिया भनिदैछ । संसदमा जनतामा बढेको निरासा र आक्रोश हटाउनेगरि भुमिका खेल्न सांसदहरुले नै सरकारमाथी खबरदारी गरिरहेका छन् । सामान्य तरिकाले जीवनयापन गर्ने नागरिक मात्रै नभएर उद्यमी, व्यवसायीहरुको विश्वास समेत सरकारले जित्न सकेको छैन । जसको प्रमुख उदाहरण हो चालू आर्थिक वर्षको डेढ महिना नपुग्दै राष्ट्र बैंकले दुई खर्ब ६१ अर्ब रुपैयाँ बजारबाट निक्षेप तान्नुपर्ने अवस्था । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता बढेपछि राष्ट्र बैंकले बुधबार मात्रै पनि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यसको भुक्तानी २१ दिनपछि गर्ने बताइएको छ । यसअघि राष्ट्र बैंकले यही भदौको २ गते एक खर्ब, साउन २३ गते ४० अर्ब, साउनको १० गते एक अर्ब १० करोड, साउनको १६ गते ४० अर्ब, साउनको ९ गते ४० अर्ब र साउनको २ गते ५० अर्ब रुपैयाँ विभिन्न बैंकबाट निक्षेप संकलन गरेको थियो ।

सरकारले नीजि बैंकबाट निक्षेप तानिरहदा आन्तरिक ऋण पनि उठाइरहेको छ । यसले समेत राज्यको प्रशासनिक खर्चको भार धेरै छ भन्ने संकेत गर्छ । अहिले पनि बैंक तथा वित्तीय संस्थामा झण्डै सात खर्ब रुपैयाँ अधिक तरतला रहेको राष्ट्र बैंकको तथ्यांक छ । बजारमा नयाँ कलकारखाना नखुल्दा र पुराना उद्योग कलकारखानाले क्षमता विस्तार नगर्दा बैंक तथा वित्तीय संस्थाले क्षमता अनुसार ऋण प्रवाह गर्न सकेका छैनन् । अर्कोतिर ऋण लिएर उद्यम गर्ने वातावरण नभएको गुनासो व्यवसायी स्वयमले बारम्बार गर्दैआएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ