Monday, 9 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपर्थमा नेपाल फेष्टिभल हुदै, बस र होर्डिङबोर्ड बने नेपालमय

पर्थमा नेपाल फेष्टिभल हुदै, बस र होर्डिङबोर्ड बने नेपालमय


ब्रिजबेन, काठमाडौं । वेस्टर्न अष्ट्रेलियाको पर्थमा आगामी सेप्टेम्बर १४ तारिखमा नेपाल चिनाउने उत्सब, नेपाल फेस्टिभल आयोजना हुँदैछ । भब्य तयारीका साथ नेपालको खानपान, संस्कृति, रहनसहन, बौद्धनाथ, धरहरा, सर्वोच्च शिखर सगरमाथा लगायतको सिंगो नेपाल झल्काउनेगरि नेपाल फेस्टिभल आयोजना गर्न लागिएको एनआरएनए वेस्टर्न अष्ट्रेलिया संयोजक शेखर घिमिरेले जानकारि दिनुभएको हो ।

नेपाल चिनाउने फेस्टिभलमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावासका प्रतिनिधि, वेष्टर्न अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी हुने भएका छन् । नेपाल फेष्टिवलमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट मात्र नभएर विभिन्न देशमा रहेका एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु पनि आउने तय भएको छ । नेपाली फेस्टिभलमा भारतीय, बंगलादेशी भुटनिज लगायतका देशका प्रतिनिधिहरुको समेत सहभागिता हुने एनआरएनए वेस्टर्न अष्ट्रेलियाका कोषाध्यक्ष हरिबंश सञ्जेल (सुमन )ले जानकारि दिनुभएको छ ।

फेस्टिभलको प्रचारप्रसार समेत ब्यापक बनाइएको छ । सार्वजनिक स्थानमा फ्लेक्स ब्यानरदेखी सार्वजनिक नीजि सवारी साधनमा समेत प्रचार सामाग्री राखेर फेस्टिभलको माहौल बनाइएको छ ।

यस्तो छ नेपाल फेस्टिभलको विशेषता
हरेक दुईवर्षमा आयोजना हुने नेपाल चिनाउने फेस्टिभलमा बालबालिकालाई विशेष मनोरञ्जनसहित खेल उद्यानको व्यवस्था गरिएको छ । नेपाली खानाको स्टल, नेपाली सरसामानको स्टल, बौद्धनाथ, धरहरा, सर्वोच्च शिखर सगरमाथा, नेपाली ढुंगेधारा लगायत सिंगो नेपाल चिनाउने सम्पदाहरुको प्रदर्शनी फेस्टिभलमा हुनेछ । स्थानीय समय अनुसार विहान ११ बजेबाट फेस्टिभल परेडसहितको कलश यात्रा सुरु हुनेछ भने दिउँसो साँढे ४ बजेबाट सांगितिक प्रस्तुति सुरु हुनेछ । सांगितिक माहौँलमा नेपालका चर्चित लोकदोहोरि गायक बद्री पंगेनी, गायीका आस्था राउत र शिव मुखियासहितको द एक्स ब्याण्डले भरपुर मनोरञ्जन दिनेछ । नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलिया सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरु समेत फेस्टिवलको सफलताको लागि क्रियाशिल रहनुभएको छ ।

तपाई पनि वेस्टर्न अष्ट्रेलिया र आसपासका राज्यमा हुनुहुन्छ भने सेप्टेम्बर १४ मा हुने नेपाल चिनाउने अभियानमा सहभागि बन्नुहोस् ।

नेपाल फेस्टिभल पर्थको तयारी बारे एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष समेत रहनुभएका वेस्टर्न अष्ट्रेलिया एनआरएनए राज्य समिति संयोजक शेखर घिमिरेसँग नेपालट्युब अष्ट्रेलियाका नेपाल सम्पादक पुण्यप्रसाद धमलाले गरेको संवादको संपादित अंश :

वेस्टर्न अष्ट्रेलिया एनआरएनए राज्य संयोजक शेखर घिमिरे बाँया र कोषाध्यक्ष हरिबंश सञ्जेल (सुमन ) दायाँ ।

शेखर घिमिरे, वेस्टर्न अष्ट्रेलिया एनआरएनए राज्य समिति संयोजक
एनआरएनए अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिभलको उद्देश्य के हो ?
– नेपाल फेस्टिबल अष्ट्रेलियामा छरिएर रहेका नेपाली समूदायलाई एकजुट गराउन, नेपाली कला, संस्कृती, रहनसहन, भेषभुषा र खानपानको प्रदर्शनी एवंम प्रबद्धन गर्नका लागि हो । अष्ट्रेलियाका नागरिकलाई नेपालप्रतिको कैतुहलता बढाएर पर्यटन प्रबद्धनमा पनि भुमिका खेल्नु मुख्य रहेको छ ।

पर्थको नेपाल फेस्टिबल कस्तो बन्नेछ ?
–पर्थको नेपाल फेस्टिभलको पूर्वतयारी सम्पन्न भएको छ । कलस यात्रा मार्फत सुरु हुने फेस्टिभलमा झाकी, विभिन्न सांस्कृतिक कार्यक्रम, गायन नृत्य प्रस्तुत हुनेछन् । साथै पर्थको फेस्टिभलमा नेपाली बाहेक चाइनिज ड्रागन, भमरतीय कलाकारलाई समेत सहभागि गराएर बहुसांस्कृतिक बनाइएको छ ।

कति सहभागिताको अपेक्षा गर्नुभएको छ, अन्त्यमा भन्नैपर्ने केही छ ?
– फेस्टिभलमा अष्ट्रेलियास्थित वेस्टर्न अष्ट्रेलियाका प्रिमियर लगायतका मन्त्री, स्थानीय मेयर लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागिता हुने विश्वास लिएका छौँ । नेपाल समूदायका साथै विभिन्न संघ संगठन र सिंगो एनआरएन फेस्टिभल भब्य बनाउन लागेकाले १० हजार हाराहारि सहभागिता हुने लक्ष्य राखिएको छ । सबैलाई फेस्टिभल सफल बनाउन साथ सहयोग गर्नुभएकोमा एनआरएनए वेस्टर्न अष्ट्रेलियाको तर्फबाट धन्यवाद दिन चाहान्छु, एकदिन सहभागि भएर उत्सबको मज्जा लिन आह्वान गर्छु ।

यस्ता छन नेपाल फेस्टिभल पर्थका सहयोगी हातहरु
अजि फाइनान्स एण्ड होम लोन मुख्या प्रायोजक रहेको फेस्टिभलमा वेस्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सीटी अफ पर्थले आर्थिक सहयोग गरेका छन् । सिक्कादेशी ग्लोबल स्टडी ग्लोबल, इलोरा कलेज, ग्रेस इन्टरनेश्नल एजुकेशन एण्ड भिजा सर्भिसेजले साथ दिएका छन् । डोको टुरले ट्राभल पार्टनरका रुपमा पर्थ फेस्टिभलमा साथ दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ