Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा २२ वर्षिय नेपाली युवतीको निधन, सहयोग गरौ

सिड्नीमा २२ वर्षिय नेपाली युवतीको निधन, सहयोग गरौ


सिड्नी/ नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा एक नेपाली युवती मृत अवस्था भेटिएका छन् । सिड्नीको नेपाल महावाणिज्यदुत दिपक खड्का अनुसार निधन हुनेमा २२ वर्षिय प्रनिता श्रेष्ठ हुन् । न्यु साउथ वेल्स प्रहरीले घटनाको अनुसन्धान गरिरहेको तथा पोष्टमार्टमको प्रकृया सुरु भइसकेकाले यस बारे थप विवरण दिन नमिल्ने नेपालट्युबलाई जानकारी गराएको छ ।

नेपालट्युबले नेपालस्थित मृतकको आमा र सिड्नीस्थित सानी आमा (आमाकी बहिनी )संग सम्पर्क गरिसकेको छ । परिवारका सदस्यहरुका अनुसार मृतक प्रनिता निकै मिलनसार र सहयोगी स्वभावको हुनुहुन्थ्यो । प्रनिताको शव नेपाल पठाउन सानी आमा श्वेता थापाले गोफण्डमी मार्फत सहयोग संकलन सुरु गर्नु भएको छ ।

नेपालमा परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा शव पठाउन १० हजार डलर खर्च हुने भएकाले सहयोग संकलन गरिएको श्वेताले बताउनुभयो । यो दुखको घडीमा सबै मिलेर सहयोग गरिदिन स्वेताले अनुरोध गर्नुभएको छ ।
सहयोग संकलन गर्न गैर आवासिय नेपाली संघ न्युसाउथ वेल्सले समेत सघाउने संयोजक देव गुरुङले जानकारी दिनुभयो ।

तपाई पनि यो लिंक गएर सहयोग गर्न सक्नुहुन्छ ।


अष्ट्रेलियामा हुनुहुन्छ र मानसिक तनावमा हुनुहुन्छ भने लाइफ लाइनको १३१११४ मा अहिले नै फोन गर्नुहोस् । यो सेवा निशुल्क उपलब्ध छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ