NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
International

इरान–अमेरिका युद्धविराम मध्यस्थतापछि पाकिस्तानको अमेरिकासँग माग्यो १० अर्ब डलर सहायता

Nepaltube Australia

अमेरिका-इरान युद्धविराममा मध्यस्थता गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर आर्थिक सहायता मागेको छ।

रोयटर्सका अनुसार पाकिस्तानले पाँच वर्षका लागि उक्त सहायता उपलब्ध गराउन अनुरोध गरेको हो।

यो सहायता स्वीकृत भए विदेशी मुद्रा सञ्चिति बढ्ने, रुपैयाँमाथिको दबाब कम हुने र आइएमएफमाथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ।

तर अमेरिकी अर्थ मन्त्रालयले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ भने पाकिस्तानले पनि औपचारिक रूपमा मागबारे पुष्टि गरेको छैन।

हाल पाकिस्तान ७ अर्ब डलरको आइएमएफ कार्यक्रमअन्तर्गत आर्थिक सुधारका कडा सर्त लागू गर्दै आएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार