NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
International

विद्यार्थीलाई विश्वविद्यालयको चेतावनी: जन्तर-मन्तर प्रदर्शनमा गए कारबाही हुनेछ

नेपालट्युब

भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)ले विद्यार्थीलाई जन्तर–मन्तर आसपास हुने प्रदर्शनमा सहभागी भए अनुशासनात्मक तथा कानुनी कारबाही हुन सक्ने चेतावनी दिएको छ।

विश्वविद्यालयले सर्वोच्च अदालतको सार्वजनिक प्रदर्शनसम्बन्धी निर्देशिका पालना गर्न र सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न पनि आग्रह गरेको छ।

यसअघि दिल्ली विश्वविद्यालयले पनि यस्तै निर्देशन जारी गरेको थियो।

विपक्षी नेता राहुल गान्धीले भने यस्तो निर्देशनलाई विद्यार्थीलाई ‘धम्की’ दिएको भन्दै आलोचना गरेका छन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार