फिफा विश्वकपमा अस्ट्रेलियाको टोलीका लागि रणनीति बनाउने नेपाली युवा

काठमाडौं/ अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोली ‘सकरुज’का लागि फिफा विश्वकप अभियानमा विपक्षी टोलीहरूको खेल विश्लेषण गर्ने जिम्मेवारी नेपाली युवा प्रसिम भण्डारीले निभाएका छन्।
हाल अस्ट्रेलियाको पर्थ ग्लोरी फुटबल क्लबमा हेड एनालिस्ट रहेका प्रसिमले विश्वकपका क्रममा ‘रिमोट अपोजिसन एनालिस्ट’का रूपमा टर्की, फ्रान्स र पछि सम्भावित प्रतिद्वन्द्वी स्पेनलगायत टोलीहरूको खेल विश्लेषण गरी राष्ट्रिय टोलीलाई रिपोर्ट उपलब्ध गराएका थिए।
उनका अनुसार फुटबल अस्ट्रेलियाले पर्थ ग्लोरीसँग समन्वय गरी क्लबको स्वीकृतिपछि उनलाई विश्वकप अभियानका लागि राष्ट्रिय टोलीमा आबद्ध गरेको हो।
नेपालबाट अध्ययनका लागि अस्ट्रेलिया पुगेका प्रसिमले सहायक विश्लेषकबाट यात्रा सुरु गर्दै अहिले पर्थ ग्लोरीका हेड एनालिस्टको जिम्मेवारी सम्हालिरहेका छन्।
नेपाली फुटबलको वर्तमान अवस्थाप्रति दुःख व्यक्त गर्दै उनले भविष्यमा नेपाल फर्केर फुटबल र खेलकुदको विकासमा योगदान गर्ने लक्ष्य रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








