Tuesday, 13 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalहिमाचल आगोलागी घटना : ९ नेपालीको मृत्युको खबर !

हिमाचल आगोलागी घटना : ९ नेपालीको मृत्युको खबर !

सल्यानको टाकुरा गाउँ नै शोकमा


काठमाडौं । भारतमा ग्यास सिलिण्डर विष्फोटबाट भएको आगोलागीमा  परेर ९ जना नेपाली फसेका छन् । हिमाचलको सोलन जिल्लामा पर्ने अर्की बजारमा ग्यास सिलिण्डर विष्फोटबाट भएको आगोलागीबाट दुई परिवारका  ९ जना नेपाली बस्दैआएको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

घरको भग्नावशेषमा फसेका र आगोलागीमा परेका नेपाली जीवित रहने सम्भावना अत्यन्तै न्यून छ । अहिलेसम्म ५ वटा शव भेटिएपनि डीएनए बिना पहिचान गर्न सकिने अवस्था नरहेको हिमाचल प्रहरीले जनाएको छ ।

यता, सल्यानको सिद्धकुमाख गाउँपालिकाले शोक वक्तव्य जारी गदै गाउपालिका, २ नम्बर वडको टाकुरा गाउमा सन्नाटा छाएको, गाउँ नै शोकमा डुबेको जनाएको छ । वडा नम्बर २ को कार्यालयले ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजनले ज्यान गुमाएकाे जनाएको छ । ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरणसहित अर्को परिवार समेतको आगोलागिमा परेर ज्यान गएको जानकारीसहित शोक विदा दिईएको वडासचिव कृष्णहादुर चलाउनेले नेपालट्युबलाई जानकारी दिनुभएको छ । आफन्त गोपाल विकले समेत आगोलागीबाट आफन्त गुमाउदा परिवारसँगै सिंगो टाकुरा गाउँमै सन्नाटा छाएको नेपालट्युबसँग बताउनु भएको छ ।

यता, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले हिमाचल आगोलागिमा ९ जना नेपाली फसेको घटनाले दु:खी बनाएको भन्दै घटनाविवरण र नेपालीको अवस्था बारे एकिन गर्न स्थानीय प्रहरी र सरकारी अधिकारीसँग समन्वय भइरहेको जानकारि दिनुभएको छ । घटनाको सम्पूर्ण विवरणपछि उद्दार, शव व्यवस्थापनको प्रभावकारी पहल हुने नेपालट्युबलाई जानकारि दिनुभएको छ ।

आफन्तका अनुसार करिब दुई वर्षदेखि रोजगारीका सिलसिलामा दुबै परिवार भारतमा बस्दै आएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ