काठमाडौंसहित देशभरको मौसममा बदली,वायु प्रदुषणको जोखिममा काठमाडौं
काठमाडौं । नेपालमा न्यून चापिय प्रणालीको प्रभावले काठमाडौं उपत्यका सहित देशभरको मौसममा बदली देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ । दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा केही भू-भागमा आंशिक बादली देखिएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात/वर्षा भएको महाशाखाले जनाएको छ । शनिबार देशको पश्चिमी क्षेत्रको विभिन्न जिल्लाहरूमा हिमपात भएको थियो । यो वर्षको पहिलो हिमपात हुँदा स्थानीय किसानहरु खुसी भएका छन् । चिसोले दैनिक जीवन भने प्रभावित भएको छ ।

काठमाडौंमा वायु प्रदुषणको मार
काठमाडौं उपत्यकाको हावाको गुणस्तर खराब हुँदा घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका छन् । स्विस वायु प्रदूषण मापन एप आइक्यु एअरले काठमाडौँको वायुको गुणस्तर अति अस्वस्थकर मापन गरेको छ । Photo – NPL
















तपाईको प्रतिक्रिया