Tuesday, 3 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleग्यास अभाव भएकै हो ? यस्तो छ नेपाल ग्यासमा लाइन

ग्यास अभाव भएकै हो ? यस्तो छ नेपाल ग्यासमा लाइन


काठमाडौं । दुई सातादेखि बजारमा ग्यास अभाव देखिएपछि ग्यास बिक्री केन्द्र र उद्योगमै उपभोक्ताको भीड लागेको छ ।

विशेष गरी नेपाल ग्यासको अभाव चरम रुपमा देखिएपछि उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यास उत्पादनमा केही कमि आएको बताइएको छ । नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै पुग्न थालेका छन् । दैनिक सयौं उपभोक्ता कार्यालयमै पुग्दा नेपाल ग्यास नपाएको गुनासो बढ्न थालेको छ ।

उद्योगमा अहिले दैनिक सयौ उपभोक्ताहरु लाइन लागिरहदा नेपाल ग्यास कम्पनीले भने ढुवानीमा समस्या देखिएकाले केही समस्या भएको जनाएको छ। यता बिक्रेता भने ग्यास नभाव नभएको, ढुवानी र मागको तालमेल नमिल्दा केही चाप देखिएको बताइरहेका छन् । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ