Tuesday, 3 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalविश्वकपको वार्मअप खेलमा नेपालसँग यूएई पराजित

विश्वकपको वार्मअप खेलमा नेपालसँग यूएई पराजित


काठमाडौं । आईसीसी टी-२० विश्वकपको वार्मअप खेलमा नेपालसँग यूएई ७ विकेटले पराजित भएको छ ।

भारतको एमए चिदाबरम स्टेडियममा भएको खेलमा युएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट मात्रै गुमाएर पूरा गरेको हो । नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गर्नुभयो । आरिफ ६१ र दीपेन्द्र ५० रनमा अविजित रहनुभयो । टस हारेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाउनुभयो ।

बलिङमा नेपालका सन्दीप लामीछाने र करण केसीले २/२ तथा दीपेन्द्रले एक विकेट लिनुभएको थियोे । नेपालले अर्को वार्मअप खेल बिहीबार क्यानडासंग खेल्दैछ । Photo- CAN FB



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ