Thursday, 5 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल टेलिकमले मनायो आफ्नो २२ औँ स्थापना दिवस

नेपाल टेलिकमले मनायो आफ्नो २२ औँ स्थापना दिवस

५ बुँदे माग राखेर कर्मचारिको मौन विरोध


काठमाडौं । नेपाल टेलिकमले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । टेलिकमल आफ्नै कार्यालयमा स्थापना दिवस मनाउदै उत्कृष्ट कार्यसम्पादन गर्ने कतिपय कर्मचारिलाई सम्मानित समेत गरेको छ ।

नेपाल टेलिकमको २२ औं वार्षिकोत्सव समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताउनुभएको छ । प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको दाबी गर्दै गृहमन्त्री अर्यालले दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभुत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधार भएको बताउनुभएको छ ।

दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्‍याएर नेपाल टेलिकमले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको छ । प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालिन अवस्थामा समेत नेपाल टेलिकमको भूमिका प्रभावकारि देखिएको छ ।

यता, स्थापना दिवसकै अवसरमा नेपाल टेलिकमका कर्मचारीहरूले ५ बुँदे माग राखेर मौन विरोध प्रदर्शन गर्नुभएको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ