आज तराई, मधेसका जिल्लामा होली उत्सव
काठमाडौं । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ।
पहाडमा फागु पूर्णिमा मनाएको भोलिपल्ट तराईका झापा, मोरङ, सिराहा, सप्तरी, बारा, पर्सा रौतहट,महोत्तरी,धनुषा रुपन्देहीलगायतका जिल्लाहरुमा होली मनाउने परम्परा छ। पर्वलाई मर्यादित र सुरक्षित बनाउन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।
कसैको इच्छाविपरीत रङ नदल्न, ठूलो भीडमा सहभागी नहुन र ट्राफिक नियम पालना गर्न प्रहरीले आग्रह गरेको छ।
















तपाईको प्रतिक्रिया