Tuesday, 3 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमध्यपुर्वमा अमेरिका- इरान टकराव, विश्वभर बढ्नसक्छ महंगीको मार

मध्यपुर्वमा अमेरिका- इरान टकराव, विश्वभर बढ्नसक्छ महंगीको मार


काठमाडौं । मध्यपुर्वी मुलुकमा देखिएको अमेरिका- इरान टकरावले कच्चा तेलको मूल्य बृद्दी हुने देखिएको छ ।

बढ्दो द्वन्द्वका कारण विश्वबजारको २० प्रतिशत कच्चा तेल आपूर्ति हुने मध्यपुर्बको स्टेटअफ होर्मुज समुन्द्री नाका बन्द भएको छ । यो नाका बन्द हुँदा कच्चा तेलमा १० % र प्राकृतिक ग्याँसमा २५ प्रतिशत महंगी बढ्ने आकलन गरिदैछ । इरान,इराक, कुवेत,साउदी, युएई हुँदै विश्वभर तेल आपूर्ति हुने गरेको छ । दक्षिण एसिया  र एसियाली मुलुकको ८४ प्रतिशत तेल र प्राकृतिक ग्याँस स्टेट अफ होर्मुजमा निर्भर छ ।

नेपाल, भारत,दक्षिण एसियाली मुलुक मात्रै नभएर यो क्षेत्रबाट तेल अष्ट्रेलियादेखि विश्वबजारसम्म पुग्छ । एक ब्यरल (१५९ लिटर ) तेलको मूल्य अहिले नै ८० अमेरिकी डलर पुग्दा थप महंगी बढेर १०० डलरसम्म पुग्ने आँकलन अर्थविदहरुले गरेका छन् । यसले संसारभर मुल्यबृद्दिको मार  बढाउने देखिन्छ ।

कच्चा तेलको मूल्य बढ्दा नेपालमा पनि इन्धन महँगो हुने र अभाव झेल्नुपर्ने सम्भावना उच्च छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ