प्रतिनिधि सभा निर्वाचन : उल्लासपूर्ण वातावरणमा मतदान
काठमाडौं । आज जेन्जी आन्दोलनपछिको विशेष परिस्थितिमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान भइरहेको छ ।

देशका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान भइरहेको हो । निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाताले भोट हाल्न पाउनेछन् । देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र र १ सय ४३ अस्थायी मतदानस्थलमा एकसाथ मतदान भइरहेको छ ।

प्रत्यक्ष तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन हुदैछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरेका छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३ सय ६३ पुरुष र एक हजार ७ सय ७२ महिला गरी तीन हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई देश र जनताको भाग्य परीक्षाका रुपमा सफल बनाउन आह्वान गर्नुभएको छ । Photo-NPL














तपाईको प्रतिक्रिया