Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeViewsअष्ट्रेलियामा कोरोनाबाट प्रभावित नेपाली विद्यार्थीको खातामा पैसा जम्मा गरौ- डिला खरेल

अष्ट्रेलियामा कोरोनाबाट प्रभावित नेपाली विद्यार्थीको खातामा पैसा जम्मा गरौ- डिला खरेल


डिला खरेल

सिड्नी/ अष्ट्रेलियामा रहनु भएका नेपाली विधार्थीहरु जो समस्यामा हुनु हुन्छ, कसरी सहयोग गर्ने, सरोकारवाला (नेपाली राजदूतावास, एनआरएन , एका -एजुकेशन कन्सल्टेन्सी र अन्य सबै ० हामी सबै प्रवासी नेपाली सहयोगी बनौं )

विश्वभर चलि रहेको वर्तमान कोरोना माहामारीका कारणले अष्ट्रेलियाका सबै नागरिक , क्षेत्र र समुदायलाइ असर परेको छ , सरकार समेत वहुत गार्हो समयमा छ ।

तर म आफै पनि धेरै भन्दा धेरै नेपाली विद्यार्थीहरुसंगको सम्पर्कमा छु । मेरो आफ्नै भाइ, वहिनी, भतिज, भान्जा, भान्जी समेत विधार्थी भिषामा अष्ट्रेलियामा हुनुहुन्छ । म र मेरो परिवारले सकेको सहयोग गरि रहेका छौ ।

अब के गर्ने त ?

एका -अस्ट्रेलियामा रहेका एजुकेशन कन्सल्टेन्सीको सयुंक्त संस्था
आदरणीय अध्यक्ष पीआर अधिकारीज्यु मार्फत सवैमा,
प्रिय अध्यक्ष्यज्यु,

आदरणीय व्यवसायी साथीहरु अहिलेको परिस्थितिमा हो नेपालबाट विद्यार्थी भिषा मा आउदा ९ न्त्भ् लेखेर बुवा आमा को कमाइ छ भनि फ़ाइनान्स देखाएर१ बर्ष खान वस्न पुग्ने पैसा छ भनेर आएको ० यो अहिले उठाई राख्नुपर्ने विषय रहेन, वास्तविकता र व्यवहारिकता अहिले के छ रु त्यतातिर जाऔं । सम्पूर्ण एजुकेशन कन्सल्टेन्सीहरुको प्रधान आयश्रोत विद्यार्थी नै हुन् । एकाले नै पहल कदमी लियोस सवै कन्सल्टेन्सीले आ आफ्नो ठाउँबाट राम्रो काम गरिरहेकै छन् । अव मात्र विद्यार्थी आर्थिक सहयता कोष निर्माण गरौ र खुल्ला आव्हान गरि विद्यार्थीहरुको खातामा केहि पैसा नै सहयोग गरौ । हो यो दीर्घकालिन समधान होइन , दीर्घकालिन समधान हामी मिलेर खोज्दै गरौला । यसमा नेपाली राजदुतावास , एन आर एन र एका मिलि कलेज युनिभर्सिटीलाइ छुट तथा छात्रवृत्ति माग्ने , अन्तराष्ट्रिय विधार्थीलाइ ट्रेन , बसमा यात्रा गर्दा छुट माग्ने आदि आदि । तर अहिले हरेक नेपाली विद्यार्थीको बैंक खातामा आर्थिक सहायता गर्नै पर्छ । करिव ५०,००० वा अलिक बढी विद्यार्थी अष्ट्रेलियाभर होलान् । केहि न केहि उनीहरु लाइ आर्थिक सहयोग गरौ ।

एन आर एन
आदरणीय अध्यक्ष केशव कंडेलज्यु मार्फत सवैमा,
प्रिय अध्यक्ष्यज्यु,

गैर आवासीय नेपाली संघ पनि सबै नेपालीहरुको साझा संस्था र अभिभावकिय संस्था हो । अहिले गरेको कामहरु निकै प्रशंसनीय ।एका र नेपाली राजदूतावाससंगै सहकार्य गराई सहयोगी भइ विद्यार्थीलाइ आर्थिक सहयोग पुर्याउन सहयोग गर्ने । एनआरएनले पैसा नउठाउने तर, हामी नेतृत्वमा करिव २०० जना प्रत्यक्ष छौ । हामीहरुले आफ्नो गोजीबाट यथोचित सहयोग गर्ने । एनआरएनसंग करिब ३ लाख डलर जति पैसा छ त्यो हामी सवै को पैसा हो ।

नेपाली राजदुतावास 

महमहिम राजदुत महेशकुमार दाहाल मार्फत सवैमा,

महमहिम राजदुतज्यु,

जो विद्यार्थी को भिषामा समस्या हुन्छ , शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्छ रेख देख गर्ने विद्यार्थीसंग सम्पर्कमा बसी रहने, अस्ट्रेलियन सरकारसंग के कसरी राहत र सहयोग लिन सकिन्छ फेडेरल लेभलमा , पोलिसी लेभेलमा पहल गर्ने । नेपाल सरकार तिनै विद्यार्थीका नेपाल स्थित माता पिताले तिरेको करबाट केहि रकमको सहयोग कोषको घोषणा गर्ने । नियमन गर्ने र अस्ट्रेलिया स्थित समुदाय संग नजिक भन्दा नजिक रहेर काम गर्ने ।

अन्त्यमा , सल्लाहमात्र आयो तपाइ के गर्नु हुन्छ भन्नु होला , सर्वप्रथम त म एनआरएनको कुनै पद मा नरहेको व्यहोरा अवगत गराउन चाहन्छु , म कुनै पनि एजुकेशन कन्सल्टेन्सी संग आवद्ध छैन । म यो वेला एनआरएनलाइ , नेपाली राजदुतावास लाइ र एका लाइ मन , वचन र कर्म ले सहयोग गर्न चाहन्छु । म भविष्यमा बन्ने उक्त विद्यार्थी आर्थिक सहयता कोष मा १००० डलर सहयोग गर्नेछु । पेशाले म एकाउण्टेण्ट हु अस्ट्रेलिया सरकार को आर्थिक सहयता प्याकेज को को ले के कसरी पाउन सकिन्छ रु के के नीति नियम छन् रु पेशागत मर्यादा र नियम भित्र रही सहि जानकारी दिएर सहयोग गर्नेछु ।

जो जहाँ हुनुहुन्छ यहा हरु सवैको सुरक्षित वसाई र सुस्वास्थ्यको कामना गर्दछु , सवैका आ आफ्ना भगवानले र द्विव्य शक्तिले सवै सवैको रक्षा गरुन भनि प्रार्थना गर्दछु ।

धन्यवाद



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ