Friday, 28 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटी-२० विश्वकप क्रिकेट : उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै


काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् । बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले पराजित गरेर दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो ।

गएरातिको खेलमा भारतबाट १७२ रनको लक्ष्य पाएको इङ्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अलआउट भएको थियो । पहिलो सेमिफाइनलमा बिहीबार बिहान अफगानिस्तानलाई ९ विकेटले हराएर दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएको छ । दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो ।

भारत सन् २००७ मा आयोजित पहिलो संस्करणको टी-२० विश्वकप विजेता हो । त्यसयता भारत यो प्रतियोगितामा उपाधिविहिन रहदै आएको छ । जारी संस्करणको खेल र हेड टु हेडको नतिजामा दक्षिण अफ्रिका भन्दा भारतीय टिम बलियो देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ