Thursday, 17 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएक वर्षमै थपियो १ खर्ब ३४ अर्ब ६८ करोड ऋण, एक नेपालीको भागमा ८३ हजार ५ सय !

एक वर्षमै थपियो १ खर्ब ३४ अर्ब ६८ करोड ऋण, एक नेपालीको भागमा ८३ हजार ५ सय !


काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रको सार्वजनिक ऋण १ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ थपिएर २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । थपिएको ऋण अनुसार अव प्रति नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ ३१ पैसा पर्ने भएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । २०८० असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेको थियो । समीक्षा अवधिमा कायम कूल ऋणमध्ये ४८.५३ प्रतिशत अर्थात् ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ५१.४७ प्रतिशत अर्थात् १२ खर्ब ५३ अर्ब १३ करोड ४७ लाख रुपैयाँ बाह्य ऋण रहेको सरकारी तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर असार मसान्तसम्म ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ मात्र ऋण प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारि दिएको छ ।

पछिल्लो समय प्रप्त ऋण लक्ष्यको तुलनामा ७९.०८ प्रतिशतको प्राप्ति हो । कूल ऋणमध्ये आन्तरिकतर्फ अधिकतम ९७.६८ प्रतिशत प्राप्ति भएकोमा बाह्य (विदेशी) ऋणतर्फ लक्ष्यको जम्मा ५८.१० प्रतिशत मात्र प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ