Friday, 2 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा कोभिड–१९ का कारण हुने मृत्युदर औसतभन्दा बढी रहेको तथ्य सार्वजनिक

अष्ट्रेलियामा कोभिड–१९ का कारण हुने मृत्युदर औसतभन्दा बढी रहेको तथ्य सार्वजनिक


ब्रिजबेन । अष्ट्रेलियामा कोभिड–१९ महामारिका कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी रहेको तथ्य बाहिरिएको छ । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ मा कोभिडका कारण अष्ट्रेलियामा अनुमान गरिएको भन्दा पाँच प्रतिशत बढी मानिसको ज्यान गएको तथ्य सार्वजनिक भएको हो ।

अनुसन्धानबाट विज्ञहरूले कोभिडको कारणले ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या मापन गरी अतिरिक्त मृत्युदर अझै महामारीपूर्वको स्तरभन्दा बढी रहेको जानकारि गराएको छ । पछिल्लो अनुसन्धानमार्फत कोभिडको प्रभाव आउँदो वर्षहरुमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोभिडको नियमित उपचार तथा नियन्त्रणमा बेवास्थाका उच्च मृत्यु दरको सामना गर्नुपरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ले विभिन्न तथ्य, तथ्यांकसहितको आफ्नो रिसर्च पेपर नै वेवसाइडमार्फत सार्वजनिक गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ