Friday, 23 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमर्स्याङ्दी नदीमा बस खस्दा १८ भारतीय पर्यटकको निधन, १६ जनाको जीवितै उद्धार !

मर्स्याङ्दी नदीमा बस खस्दा १८ भारतीय पर्यटकको निधन, १६ जनाको जीवितै उद्धार !


काठमाडौं । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट १६ घाइतेको उद्धार गरिएको छ ।

मस्र्याङ्दी नदिमा खसेको बसबाट उद्दार गरिएका घाइतेलाई नेपाली सेनाको हेलिकप्टर पठाएर थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल पुगेर गम्भिर घाइतेलाई काठमाडौं ल्याइएको जानकारि दिनुभयो । भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमार्फत घाइते र मृतकको शब सडकसम्म ल्याउने काम भएको थियो । उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोलीसँगै नेपाल प्रहरीको टोली समेत खटिएको थियो ।

बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। ४१ जना भारतीय पर्यटक रहेको बस दुर्घटनामा परेर ६ जना हराइरहेको बताइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ