Friday, 19 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलिया काण्डको नालिवेली । विदेशी युवतीलाई नेपाली भन्दै दुष्प्रचार (भिडियो सहित)

अष्ट्रेलिया काण्डको नालिवेली । विदेशी युवतीलाई नेपाली भन्दै दुष्प्रचार (भिडियो सहित)


सरल गुरुङ/अष्ट्रेलिया
केही दिन यता अष्ट्रेलियाका नेपालीको नाम जोडेर सामाजिक संजालमा खिसी टिउरी गर्नेहरुको लर्को लागेको छ ।
खासमा एउटा वयस्क सामाग्री अर्थात अश्लिल भिडियोको क्लिपलाई लिएर यतिबेला अष्ट्रेलियामा पढिरहेका हजारौ नेपाली युवतीहरुलाई लक्षित गरि टिकाटिप्पणी भइरहेका छन् ।
विभिन्न वयस्क वेवसाइटहरुमा उपलब्ध उक्त भिडियो क्लिपलाई अष्ट्रेलिया काण्डको नाम दिइएको छ । वयस्क वेवसाइटमा काठमाडौको ठेगाना राखिएको एउटा अमुख च्यानलले २ मिनेट २० सेकेण्डको उक्त भिडियोलाई नेपाली युवतीको रुपमा प्रस्तुत गरि सिंगो अष्ट्रेलियाका नेपालीको बद्नाम गराउन खोजेको छ । यो च्यानलले दुइ दिन अघि अपलोड गरेको उक्त संक्षिप्त दृश्य झण्डै ५० हजारले हेरिसकेको छ । त्यस्तै खाले नाम दिएर अरु वयस्क वेवसाइटहरुमा पनि उक्त भिडियो भेटिएको छ ।
तर, के दृश्यमा देखिएकी युवती नेपाली हुन् त ?

अष्ट्रेलियाको नेपाली समाजकै बद्नाम हुनेगरि यो खबर सामाजिक संजालमा भाइरल हुन थालेपछि अष्ट्रेलियन नेपाली समुदायको मिडियाको हैसियतमा हामीले केही अनुसन्धान गरेका छौ ।
खासमा नेपाली दावी गरिएकी युवती न त नेपाली हुन् न त यो घटना अष्ट्रेलियामा नै घटेको हो ।
यो भिडियो त दुइ हप्ता अघि नै अमेरिकाको न्युजर्सीबाट संचालन हुदै आएको एक च्यानलबाट अपलोड गरिएको हो ।
दुइ दिन अघि अपलोड गरेर जुन युवतीलाई नेपाली भनिएको छ । उक्त भिडियो त दुइ साता अघि नै अमेरिकाबाट अपलोड भएको पाइएको हो । वयस्क वेवसाइटमा भेरिफाइड समेत भएको उक्त च्यानलले ती युवतीलाई भारतिय दावी गर्दै तीन हप्ता अघि देखि नै लगातार भिडियोहरु सार्वजनिक गरिरहेको छ ।
उक्त युवतीका १२ वटा त्यस्ता भिडियोहरु उक्त च्यानलमा अपलोड भइसकेका छन् ।
एक महिना अघि खोलिएको उक्त च्यानलका संचालक दावी गर्ने एक युवकले आफ्नो च्यानलले एक हप्तामै लाखौ सब्सक्राइबर बनाउन सफल भएको भन्दै भिडियो बनाएर समेत हालेका छन् । उनले केही पैसा कमाउनका लागि भिडियो बनाउने गरेको बताएका छन् । यसबाट के प्रष्ट हुन्छ भने यी युवतीले व्यवसायिक रुपमै भिडियो बनाउने गरेको देखिन्छ ।
त्यसैले व्यवसायिक रुपमै वयस्क भिडियो बनाउने विदेशी युवतीलाई नेपाली भनेर हामीले जुन खालको चर्चा परिचर्चा गरिरहेका छौ । त्यसमा कुनै आधार छैन ।
हल्लैहल्लामा दौडिने हाम्रो बानीले अष्ट्रेलियामा पढिरहेका ५० हजार विद्यार्थी र यहा बसोबास गर्ने दुइ लाख नेपालीको शान र मानमा प्रश्न चिन्ह उठाइदिएको छ ।
त्यसैले सामाजिक संजालमा आएका फेक समाचारको पछाडी लाग्नु अघि त्यसको तथ्य बुझ्ने कोसिस गरौ । 


ट्याग : #Australia kanda, #अष्ट्रेलिया काण्ड
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ