NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

कर फिर्ता योजनाको दुरुपयोग गरेको आरोपमा विदेशी विद्यार्थी पक्राउ

नेपालट्युब

सिड्नीमा पक्राउ परेका विदेशी विद्यार्थीको घरबाट झन्डै २ लाख ७० हजार डलर, नक्कली महँगा घडी र पैसा गन्ने मेसिन बरामद भएको छ। प्रहरीले उनीमाथि अष्ट्रेलियाको टुरिस्ट रिफन्ड स्किम (TRS) को दुरुपयोग गरी गैरकानुनी रूपमा जीएसटी फिर्ता लिएको आरोपमा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार २८ वर्षीय ती विद्यार्थीले महँगा घडी खरिद गरी चीन लैजाने, सिड्नी विमानस्थलबाट जीएसटी फिर्ता लिने र त्यसपछि चीनमा बिक्री गर्ने गरेको आरोप छ। अनुसन्धानका क्रममा उनले यही योजनाअनुसार २० पटक चीन यात्रा गरेको खुलेको छ।

छापामार कारबाहीका क्रममा प्रहरीले अष्ट्रेलियन  नगद, नक्कली ब्रान्डेड महँगा घडी, पैसा गन्ने मेसिन तथा अन्य विलासी सामग्री बरामद गरेको जनाएको छ।

प्रहरीले उनी महँगा घडी खरिद गरेकै कारण पक्राउ नपरेको स्पष्ट पारेको छ। विदेशी पर्यटकलाई लक्षित कर फिर्ता योजनाको दुरुपयोग गरी आर्थिक लाभ लिएको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो। अष्ट्रेलियाको कानुनअनुसार आरोप पुष्टि भएमा उनलाई अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार