Sunday, 3 November 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयमपञ्चकको अन्तिम दिन भाइटिका : राष्ट्रपति, प्रधानमन्त्रीदेखी क—कस्ले लगाए टिका ?

यमपञ्चकको अन्तिम दिन भाइटिका : राष्ट्रपति, प्रधानमन्त्रीदेखी क—कस्ले लगाए टिका ?


काठमाडौँ । तिहार अर्थात यमपञ्चकको अन्तिम दिन आज भाइटिका लगाइएको छ । यमपञ्चकको अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएर भाइटिका मनाएका हुन ।

दाजुभाई दिदीबहिनी हुनेहरुले घरघरमा भेला भएर भाइटिका लगाउँदा दिदीबहिनी नहुने दाजुभाई र दाजुभाई नहुने दिदीबहिनीले रानिपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर र अञ्जली दिदीकोमा भाइटिका लगाएका छन् । भाइटिका लगायसँगै यो वर्षको तिहार पर्व समेत बिदा भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले लगाए भाइटिका
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट भाइटीका लगाउनुभएको छ । राष्ट्रपति पौडेललाई बहिनीहरुले राष्ट्रपति भवनमा टीका लगाइदिनुभएको हो ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाउनुभएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ