मतदाता नामावली दर्ताका लागि ५ दिन समय थप्न प्रधानमन्त्री कार्कीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगसँग मतदाता नामावली दर्ताका लागि ५ दिन समय थप्न आग्रह गर्नुभएको छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने युवाको बढ्दो उत्साह र चापलाई ध्यानमा राख्दै निर्वाचन आयोग समेत सकारात्मक देखिएको प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारि दिनुभएको छ ।
प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएका समस्याहरू समाधान गर्न सम्बद्ध निकायहरू सक्रिय रूपमा काम गरिरहेको जानकारि गराउदै, मतदाना नामावलीमा नाम दर्तामा सक्रिय सहभागि हुन युवाहरुलाई आह्वान गर्नुभएको छ । अब निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि के कति समय थप गर्ने निर्णय गर्न बाँकी छ ।
















तपाईको प्रतिक्रिया