यथास्थितिमा निर्वाचनमा जादा देशको हित हुँदैन : जेनजी अभियन्ता ढुंगाना
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले अहिलेकै अवस्थामा निर्वाचनमा जादा देशले निकास नपाउने र जनतालाई न्याय नहुने बताउनुभएको छ । नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जेनजी अभियन्ता ढुंगानाले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने धारणा राख्नुभएको हो ।
यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्तालाई आग्रह गर्दै उहाँले देश रोइरहेको अवस्थामा हुने निर्वाचनले स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुनसक्ने बताउनुभयो । देशलाई निकास दिनेगरि, जनतालाई परिवर्तनले हित गर्नेगरि सर्वपक्षीय वार्ता गरेर मात्रै निर्वाचनमा जानुपर्नेमा जेनजी अभियन्ता ढुंगानाको जोड रहेको छ ।
















तपाईको प्रतिक्रिया