Monday, 29 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसमानुपातिकको सूची बनाउदै उज्यालो नेपाल पार्टी,जुटेन रवि र बालेनसँग सहमति 

समानुपातिकको सूची बनाउदै उज्यालो नेपाल पार्टी,जुटेन रवि र बालेनसँग सहमति 


काठमाडौं । उज्यालो नेपाल पार्टी अन्य दलसँगको एकता प्रयास सफल नभएपछि समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्न जुटेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि उज्यालो नेपाले केही दिनदेखि संवाद गरेको थियो । पहिलो प्राथमिकतामा रहनुभएका बालेन रास्वपासँग मिलेपछि पनि आईतबार अबेरसम्म  त्रिपक्षीय संवाद भएका थिए ।

पदीय बाँडफाँटमा सहमति जुट्न नसकेपछि अरु दलसँगको एकता तत्काललाई टरेको छ । अहिले उनेपा समानुपातिकको सूचीलाई अन्तिम रुपम दिन लागेको नेता जितराम लामाले नेपालट्युबलाई जानकारी दिनुभयो ।

उज्यालो नेपालले समानुपातिक उम्मेदवारको बन्द शुचि बुझाएपछि पनि देश बनाउने अभियान र बिचार मिल्ने दल समूहसँगको एकता प्रयास भने जारी राख्ने जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ