NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

वेस्टर्न अष्ट्रेलियाको गोर्खा ब्वाइज एफसीले जित्यो एक वर्षमै ३ उपाधी

Nepal Tube

काठमाडौं । गोर्खा ब्वाइज फुटबल क्लबले एक वर्षमै ३ वटा उपाधि जित्दै वेस्टर्न अष्ट्रेलियामाको फुटबल इतिहासमै ऐतिहासिक सफलता हात पारेको छ । गोर्खा ब्वाइज एफसीले यो वर्षको युवा कप, गोर्खा कप र डब्लुए नेपाली फुटबल लिग को उपाधि जितेको हो ।

नेप्लीज फुटबल एसोसिएसन (NFA) द्वारा आयोजित डब्लुए नेपाली फुटबल लिगको फाइनलमा यसअघिको च्याम्पियन Nepalese United Football Club – Western Australia माथि २—० को जितसँगै गोर्खा ब्वाइज एफसीले उपाधि सुरक्षित गरेसँगै सिजनकै सफल क्लब बनेको छ ।  यो जित क्लबले हात पारेको सबैभन्दा सफल सिजनहरू मध्ये प्रमुख भएको बताइएको छ ।

फुटबल टोलीले गरेको क्षमता प्रदर्शनका साथै प्रशिक्षक, व्यवस्थापन, स्वयंसेवक र प्रायोजकहरूको साथ सहयोगले यति ठूलो प्रतियोगिता सफल भएको क्लबका कोच कमल थापाले नेपालट्युबलाई बताउनुभयो । सुवास श्रेष्ठ, दिनेश कार्की, यगराज साम्पाङ राई, धन राई लगायतको सक्रियतामा फुटबल क्लब सफल बन्दैगर्दा वेस्टर्न अष्ट्रेलियाको विभिन्न सामाजिक काममा समेत यो टिमले साथ सहयोग गर्दै आएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार