निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउन भिडभाड
अझै पुगेनन कांग्रेस, एमाले, नेकपा र रास्वपा
काठमाडौं । फागुन २१ को निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन आज निर्वाचन आयोगमा भिडभाड देखिएको छ ।

आयोगको कार्यालय कान्तिपथमा पुगेर साना दलहहरुले धमाधम समानुपातिक सूची बुझाएका छन् । नेमकिपा, जनमोर्चा नेपाल लगायतका दलहरुले समानुपातिक शुचि बुझाउदै धेरै दल आन्तरिक गृहकार्यमा छन् । निर्वाचन आयोगमा हिजोदेखी नै भिडभाड छ ।

समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन हिजो र आज दुई दिनको समय दिइएको थियो । ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपासहितका दलले अझसम्म पनि सूची बुझाएका छैनन् । Photo-NPL

















तपाईको प्रतिक्रिया