भद्रपुर एयरपोर्टमा अवतरणका क्रममा बुद्ध एयरको विमान धावनमार्गबाट चिप्लियो
५१ यात्रु र ४ जना चालक दलका सदस्य सकुशल
काठमाडौं । झापाको भद्रपुर एयरपोर्टमा अवतरणका क्रममा बुद्ध एयरको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ ।
५१ जना यात्रु र ४ जना चालक दलका सदस्यले उडान भरेको विमानमा क्षति पुगेपनि सबैजना सकुशल रहेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले शुक्रबारराति नै काठमाडौंबाट प्राविधिक टोली पठाएर अध्ययन थालेको छ । Photo- Nepal Police.
ट्याग : ##BuddhaAir #JhapaNepal #breakingnews #news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया