Monday, 6 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदुबै मृगौला फेल भएकी नेपाली चेलीका लागि उठ्यो ५५ लाख, उपचार नेपालमा गरिने !

दुबै मृगौला फेल भएकी नेपाली चेलीका लागि उठ्यो ५५ लाख, उपचार नेपालमा गरिने !

श्रीमानसहित अष्ट्रेलियाबाट फर्किइन नेपाल


ब्रिजबेन । दुबै मृगौलाले काम नगरेकी नपाली चेलीको उपचारका लागि ६६ हजार डलर अर्थात ५५ लाख नेपाली रुपैयाँ संकलन भएको छ । क्वीन्सल्याण्ड राज्यको बण्डाबर्गमा बसोबास गर्दै आउनुभएकी अनु भट्टको उपचारका लागि थालिएको गो फण्ड मी अभियानमार्फत यति धेरै सहयोग रकम संकलन भएको हो ।

श्रीमानसहित उच्च शिक्षाका क्रममा अष्ट्रेलिया आउनुभएकी अनुको दुबै मृगौलाले काम नगरेको र उपचारमा आर्थिक समस्या भएको बारे नेपालट्युबले खबर प्रशारण गरेको थियो । यसपछि श्रीमान अनिस महर्जनले गो फण्डमी अभियान सञ्चालन गर्नुभएको थियो । अभियान थालिएको केही दिनमै ५५ लाख नेपाली रुपैयाँ संकलन भएपछि अनु र श्रीमान अनिस नेपालमै उपचार गर्ने योजनासहित स्वदेश फर्किनुभएको छ । सम्भव भएसम्म नेपालमै मृगौला प्रत्यारोपण गर्ने सम्भव नभएमात्रै भारत लगायतका अन्य देशमा पुग्ने योजना अनुले सुनाउनुभएको छ ।

एक लाख डलर सहयोग संकलन गर्ने लक्ष्यसहित थालिएको अभियानमार्फत यो समाचार तयार पार्दासम्म १८ सय नेपाली सहयोगी मनहरुले साथ दिनुभएको छ । अनुले सहयोगी हातहरुको सधै साथको अपेक्षा गर्दै बचाउन भुमिका खेल्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ । यो सहयोग अभियानले नेपालीहरु दुःख सुखमा एकअर्काको साथमा हुन्छन भन्ने शन्देष प्रवाह गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ