Monday, 12 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalभोलीका लागि बोलाइयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

भोलीका लागि बोलाइयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक


काठमाडौं । नेपाली कांग्रेसले भोली ११ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मुख्य सचिव कृष्ण पौडेलले मंगलबार विहान ११ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन निर्देशन दिइएको जानकारि गराउनुभएको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेर प्रक्रिया नै अघि बढिरहँदा अहिले कांग्रेसमा विवाद बढ्दै गएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनको बन्दसत्र जारी रहदा बोलाइएको केन्द्रीय कार्यसमिति बैंठकमा को–को सहभागि हुन्छन ? यो बैंठकले कांग्रेसको आन्तरिक किचलो रोकेर निकास निकाल्छ कि थप बिवाद बल्झिन्छ ? अहिले कांग्रेस जनले चासो राखिरहेका छन् ।

सभापति शेरबहादुर देउवा, नेता शेखर कोइरालासहितका नेताहरु पार्टीलाई एकठिक्का बनाउदै निकास निकाल्न गगनविश्वलाई आह्वान गर्ने अवस्थामा पुग्दा, गगन—विश्वले समेत सहमतिको प्रस्ताव अघि सारेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ