Tuesday, 13 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकांग्रेसमा किचलो : वार्तामा शेरबहादुर र गगन पक्ष, के आउला निकास ?

कांग्रेसमा किचलो : वार्तामा शेरबहादुर र गगन पक्ष, के आउला निकास ?


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता भइरहेको छ ।

भृकुटिमण्डपमा विशेष महाधिवेशन गरिरहनु भएका महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोली र संस्थापन पक्षबीचको वार्ताले विवाद समाधान गर्ने बताइएको छ । वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुँदा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण सहभागी हुनुभएको छ ।शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजालले मध्यस्थता गरिरहनु भएको छ ।

भृकुटिमण्डपमा भेला भएका  ६० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिदै गगन-विश्वलाई दबाब दिइरहेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई बैधानिक मान्न नसकिने भन्दै वेवास्ता गरिरहे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने चेतावनी दिइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ