कांग्रेसमा किचलो : अझै संस्थापन र महाधिवेशन पक्षधरका दुई अभियान
काठमाडौं । नेपाली कांगेसलाई एकढिक्का बनाउन वार्ता जारि रहेको बताइदैगर्दा संस्थापन र विशेष महाधिवेशन पक्षधरको दुई समानान्तर गतिविधि एकसाथ भईरहेका छन् ।

नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भन्दै मतदनता नामावलीसहित निर्वाचन तालिका सार्वजनिक भएको छ । सभापतिसहित पदाधिकारी र नयाँ कार्यसमिति चयनका लागि आज राति ९ बजेदेखि मतदान हुँनेगरि गतिविधि अघि बढेपछि भृकुटीमण्डपको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भृकुटीमण्डपमा गगन र विश्वलाई नयाँ नितीसहित नेतृत्व लिन खबरदारी गरिदै छ ।

देउवा पक्षको आफ्नै दाउ
यता, पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका संस्थापन पक्षका अर्थात सभापति शेरबहादुर देउवा पक्षका नेताहरु भेला भएका छन् । उनीहरु भृकुटीमण्डपको मुभ अनुसार अघि बढ्ने गरि पर्ख र हेरको रणनीतिमा छन् । केन्द्रीय समिति बैठकको तयारी भनिदैगर्दा पार्टी कार्यालयमा तरुण दल र नेविसंघका नेताहरु हामी यता भन्दै खबरदारी गर्न भेला भएका छन् ।

विशेष महाधिवेशनबाट नितिसहित नेतृत्व फेर्ने महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको कसरत र टसमस नहुने संस्थापन पक्षका नेताहरुको अडानले कांगेस बिभाजनको संघारमा पुगेको छ । Photo- NPL
















तपाईको प्रतिक्रिया