गगन कांग्रेस सभापति, गरे कसैको शिर निहुरिन नदिने प्रतिबद्धता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति बनेसँगै गगन थापाले सबैलाई समेटेर बलिलो कांग्रेस बनाउने प्रतिवद्दता जनाउनु भएको छ ।
निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै सभापति गगनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने प्रतिबद्धता गर्नुभएको हो । उहाँले कसैको शिर निहुरिन नदिने र कांग्रेसको शान राख्नेगरि काम गर्ने बताउनुभएको छ ।
यस्तो छ नयाँ नेतृत्वसँगै कांग्रेस पदाधिकारी :
गगन थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिदा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत हुनु भएकाे छ । महामन्त्रीमा पदमा गुरु घिमिरे र प्रदीप पौडेल चुनिनु भएकाे छ । यस्तै, कांग्रेस सभापतिमा गगन थापा चयन हुनु भएको छ ।सहमहामन्त्रीमा फरमुल्ला मन्सुर, मुक्ताकुमारी यादव, उदयशमशेर राणा, प्रकाश रसाईली, डिला संग्रौला पन्त, बहादुरसिंह लामा,योगेन्द्र चौधरी र कर्ण बुढा चयन हुनुभएको छ ।
विशेष महाधिवेशनबाट गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्र केसी लगायत ३५ जनालाई समेटेर केन्द्रीय कमिटी घोषणा गरिएको छ । Photo-NPL
















तपाईको प्रतिक्रिया