अमेरिकाले गर्यो नेपालसहित ७५ देशको आप्रवासी भिसा स्थगित
कुन- कुन क्षेत्रमा पर्नसक्छ प्रभाव ?
काठमाडौं । अमेरिकाले जनवरी २१ बाट लागू हुनेगरि नेपालसहित ७५ देशका लागि दिदैआएको आप्रवासी भिसा प्रक्रिया बन्द गरेको छ ।
आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णयमा ट्रम्प प्रशासन पुग्नुमा यसरी जानेहरुले योगदान दिने भन्दा बढि अमेरिकी सहायताको सुविधा लिएको प्रमुख कारण देखाइएको छ । विदेशमन्त्री मार्को रुबियोको नेतृत्वको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई ७५ देशका आप्रवासी भिसा आवेदनहरू रोक्न निर्देशन दिदै यो प्रक्रिया यसअघि नै ४० देशहरूमा लगाएको अध्यागमन र यात्रा प्रतिबन्धकै निरन्तरता भएको जनाएको छ । यसलाई विदेशीहरूका लागि अमेरिकी प्रवेश मापदण्ड कडा पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासकै निरन्तरता समेत भनिएको छ ।
यी क्षेत्रमा पर्नसक्छ प्रभाव
यसअघि नै डीभी परेर भिसा प्रक्रियामा रहेकाहरुलाई यो नियमको प्रभाव पर्नसक्ने देखिएको छ । यस्तै, अमेरिकामा रहेका नेपालीसहित ७५ देशका नागरिकले आफ्ना नातेदारलाई बोलाउने स्पोन्सर भिसा प्रक्रियामा प्रत्यक्ष असर पर्नेछ । धार्मिक गतिविधिमा सहभागी हुन जानेहरुले पाउने रिलिजियस वर्कर भिसा समेत अब रोकिने भएको छ ।
गैर-आप्रवासी भिसा जस्तै विद्यार्थी भिसा, पर्यटक भिसा, उपचार गर्न जाने र व्यवसाय गर्ने जानेहरुको भिसा प्रक्रियामा भने नयाँ प्रतिबन्धले असर नगर्ने भनिएको छ । यस्ता भिसामा आउनेहरुले समेत अमेरिकी सरकारबाट लिने सुविधा योगदानभन्दा बढी भएनभएको, हुनसक्ने बारे भने जाँचसँगै कडाईको रणनीति बनाइएको छ ।
आप्रवासी भिसा प्रक्रिया स्थगित गरिएकामा नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिक रहेका छन् ।
















तपाईको प्रतिक्रिया