Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsन्यु योर्क शहरस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, एक किशोरीको मृत्यु

न्यु योर्क शहरस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, एक किशोरीको मृत्यु


एजेन्सी,काठमाडौं । अमेरिकाको न्यु योर्क शहरस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा परेर एक किशोरीको मृत्यु भएको छ । न्यु योर्क शहरको ब्रन्क्स जिल्लामा रहेको साउथ ब्रन्क्स विद्यालयमा बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा १६ वर्षीया किशोरीको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका हुन् ।

घटनामा परेर अन्य दुई जना घाइते भएका छन् । सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एबीसी ७ न्युयोर्कले घटना स्थानीय समय अनुसार सबेरै दुई बज्नुभन्दा अघि भएको जानकारि गराएको छ । प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको जानकारी दिएको छ । अमेरिकामा बारम्बार यस्ता गोलीकाण्डका घटना हुँदै आएका छन् ।

अमेरिकी संविधानको दोश्रो संशोधनमै बन्दुक राख्न र बोक्न पाउने अधिकार दिइएकाले बन्दुकले अमेरिकामा एक किसिमको संस्कृति पहिचान नै स्थापना गरेको छ । आलोचकहरूले भने बन्दुक संस्कृतिका कारण गोलीकाण्डका घटनाहरू धेरै बढेको भन्दै यस्तो व्यवस्था हटाउन माग गर्दै आएका छन् ।

करिब १ साथा अघि मात्रै पनि अमेरिकाको क्यालिफोर्निया राज्यस्थित साक्रामेन्टोमा गीली चल्दा ६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा परेर अन्य १० जनाभन्दा बढी घाइते भएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ