Friday, 16 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकाठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको राजीनामा

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको राजीनामा


काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा बुझाउनुभएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने योजनासहित प्रमुख पाण्डेले राजीनामा दिनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ ।

पाण्डेले बुझाएको राजीनामा स्वीकृतिका लागि अधिकृत गुरागाईँले मेयर बालेन शाहसमक्ष सिफारिस गर्नेछन् । यसपछि मात्रै राजीनामा स्वीकृत हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ