आदिवासी जनजाति महासङ्घको महाधिवेशन माघ ९ र १० गते विराटनगरमा
काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घको ११ औं महाधिवेशन माघ ९ र १० गते विराटनगरमा आयोजना हुँने भएको छ ।
महासङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गरेर ११ औं राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुन लागेको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष एवम् ११ औं राष्ट्रिय महाधिवेशनका मूल आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले महाधिवेशनका लागि गठन भएको १२ वटा उपसमितिले अन्तिम तयारीको काम गरिरहेको जानकारी दिनुभयो । ‘प्राकृतिक श्रोत जल, जङ्गल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाङकन गर’ भन्ने मूल नाराका साथ महाधिवेशन आयोजना हुँदैछ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत ६० वटा आदिवासी जनजातिमध्ये महासङ्घमा ५६ समुदाय र १२ वटा सङ्गठनहरु रहेका छन् । विदेशस्थित २५ वटा देशहरुमा महासङ्घका प्रवास संगठन र सात वटा प्रदेश समन्वय परिषद्, ७७ वटा जिल्ला समन्वय परिषद् र पाँच हजारभन्दा बढी स्थानीय पालिका र वडा समन्वय परिषद्हरु क्रियाशील छन् । Photo- NPL
















तपाईको प्रतिक्रिया