Sunday, 1 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleचुनावी रिपोर्टिङका क्रममा बेहोस हुनुभएका पत्रकार दिनेश सिटौलाको उपचरका क्रममा निधन

चुनावी रिपोर्टिङका क्रममा बेहोस हुनुभएका पत्रकार दिनेश सिटौलाको उपचरका क्रममा निधन


काठमाडौं । रास्वपा बरिस्ठ नेता बालेन्द्र शाह (बालेन) काे चुनावी रिपोर्टिङका क्रममा अछाम पुग्दा एक्कासि बेहोस भएर ढल्नुभएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

ग्रान्डी अस्पतालमा उपचाररत सिटौलाको आइतबार दिउँसाे १२ बजेर ४५ मिनेटमा निधन भएको अस्पतालले जानकारि दिएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष  समेत रहनुभएका सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो । उहाँ अविवाहित हुनुहुन्थ्यो ।

बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो । टिचिङ अस्पतालमा पोस्टमार्टम गरेपछि अन्तिम श्रद्धाञ्जलीका शव चलचित्र विकास बोर्डमा राखिने र दाहसंस्कार गरिनेछ ।

सिटौला फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक समेत हुनुहुन्थ्यो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ