चुनावी रिपोर्टिङका क्रममा बेहोस हुनुभएका पत्रकार दिनेश सिटौलाको उपचरका क्रममा निधन
काठमाडौं । रास्वपा बरिस्ठ नेता बालेन्द्र शाह (बालेन) काे चुनावी रिपोर्टिङका क्रममा अछाम पुग्दा एक्कासि बेहोस भएर ढल्नुभएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
ग्रान्डी अस्पतालमा उपचाररत सिटौलाको आइतबार दिउँसाे १२ बजेर ४५ मिनेटमा निधन भएको अस्पतालले जानकारि दिएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष समेत रहनुभएका सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो । उहाँ अविवाहित हुनुहुन्थ्यो ।
बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो । टिचिङ अस्पतालमा पोस्टमार्टम गरेपछि अन्तिम श्रद्धाञ्जलीका शव चलचित्र विकास बोर्डमा राखिने र दाहसंस्कार गरिनेछ ।
सिटौला फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक समेत हुनुहुन्थ्यो ।
















तपाईको प्रतिक्रिया