कलाकार सुनिल थापाको निधन
काठमाडौं । कलाकार सुनिल थापाको आज निधन भएको छ ।
६८ वर्षीय थापाको आज बिहान उपचारका थापाथलीस्थित नर्भीक अस्पतालमा निधन भएको हो । विहान स्वास्थ्यमा समस्या आएपछि थापालाई अस्पताल लगिएको थियो । अस्पतालका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको छ ।
भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गर्नुभएका उहाँ चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी परिचित हुनुहुन्थ्यो ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया