Wednesday, 18 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटी–२० विश्वकप : नेपालद्वारा स्कटल्यान्ड ७ विकेटले पराजित

टी–२० विश्वकप : नेपालद्वारा स्कटल्यान्ड ७ विकेटले पराजित

१२ वर्षपछि तोडियो जितको खडेरी


काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा जित निकाल्दै १२ वर्षदेखीको जितको खडेरी तोडेको छ । नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराउदै २०१४ विश्वकपपछि पहिलो जित निकालेको हो ।

१७१ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलब २ ओभरमा ३ विकेट गुमाएर जित हात पारेको थियो । दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दा टिमका लागि कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३, रोहित पौडेलले १६ तथा गुलशन झा २४ रनको योगदान दिनुभयो । बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले तीन विकेट लिनुभयो।

मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो । माइकल जोन्सले विष्फोटक ब्याटिङ गर्दै ७१ रन जोड्दा जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले २५ रनको योगदान दिनुभयो । बलिङतर्फ नेपालका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिदा नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिनुभयो ।

समूह सी मा रहेको नेपालले अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गरेको छ । यो समूहबाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर एटमा पुग्दा इटाली, नेपाल र स्कटल्यान्ड समूह चरणबाट बाहिरिएका छन् । Photo Source : CAN FB



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ